बुद्धिजीवी सङ्गठनको सम्मेलन सम्पन्न, ९९ सदस्यीय केन्द्रीय समिति, अध्यक्षमा केसी, महासचिवमा पण्डित

बुद्धिजीवी सङ्गठनको सम्मेलन सम्पन्न, ९९ सदस्यीय केन्द्रीय समिति, अध्यक्षमा केसी, महासचिवमा पण्डित

काठमाडौँ । नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनले   कृष्ण केसीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको छ । सम्मेलनबाट लक्ष्मीप्रसाद पण्डित केन्द्रीय महासचिवमा चयन भएका छन् ।

सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारी चयन भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा उपाध्यक्ष : प्रा.डा.शिवकुमार राई, रामकुमार यादव, कल्पना शर्मा , कौशिल्या ओझा,  जीतबहादुर राना, दुर्गादत्त शर्मा,  रमेश गुरागाँईं, कृष्ण कोपिला चयन भएका छन् । 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष कमरेड पुष्पकमल दाहाल “प्रचण्ड’द्वारा असार ७ गते उद्घाटन भएको सम्ममेलनकाे समापन महासचिव देव गुरुङले गरेका थिए । 

 सम्मेलनबाट ७ जना सचिवमा चयन भएका छन् ।  भने भिमा ढुङ्गाना कोशाध्यक्षमा चयन भएकी छिन् । 

सम्मेलनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका पार्टी सचिव दिननाथ शर्मा, सङ्गठनका फ्राक्सन इन्चार्ज खिमलाल देवकोटा, सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित पूर्व अध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य माननीय शुरेस आलेमगर, पूर्व अध्यक्ष नरेश भण्डारी, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कूलचन्द्र आचार्यले सम्मेलनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दोस्रो दिन  बन्द सत्रमा पार्टीका महासचिव क.देवप्रसाद गुरुङ, उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख क.जनार्दन शर्मा (प्रभाकर) ले बुद्धिजीवीको दायित्व र भूमिकाबारे निर्देशनात्मक मन्तव्य साथै शुभकामना दिएका थिए । 

सम्मेलनमा अध्यक्ष मण्डलका अध्यक्ष क नरेश भण्डारी, केन्द्रीय निर्वाचन आयोगका सदस्य वरिष्ठ अधिवक्ता वासुदेव सिग्देल, सङ्गठनका निर्वाचन आयोगका प्रमुख वरिष्ठ अधिवक्ता उपेन्द्र पौडेल सहितको समितिले कार्यसमिति चयनको निर्वाचन प्रक्रिया  पूरा गरेका थिए । 

आइतबार भएको घोषणा सभामा पार्टीका महासचिव देवप्रसाद गुरुङले नव निर्वाचित सम्पूर्ण समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, सम्पूर्ण बुद्धिजीवी प्रतिनिधि कमरेडहरू तथा ३ वटा आयोगका प्रमुखहरूलाई प्रशिक्षणमूलक मन्तव्य सहित बधाई दिएका थिए ।  निर्वाचित अध्यक्ष कृष्णराज के.सी बाट समितिको तर्फबाट आफ्ना बौद्धिक कार्यभारप्रति प्रतिबद्धता व्यक्त गरेका जिए ।  

सम्मेलनलाई सभ्य र भब्यरुपमा सम्पन्न गर्न अमूल्य सहयोग गर्नुहुने प्रमुख अतिथि,अतिथिहरू र मेची देखी महाकालीबाट आउनुभएका सम्पूर्ण बुद्धिजीवी प्रतिनिधि लाई नवनिर्वाचित महासचिव पण्डितले धन्यवाद दिएका छन् ।  

नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरू
अध्यक्ष: कृष्णराज के.सी.
वरिष्ठ उपाध्यक्ष : नीलकण्ठ तिवारी 
उपाध्यक्ष : प्रा.डा.शिवकुमार राई 
उपाध्यक्ष : रामकुमार यादव 
उपाध्यक्ष : कल्पना शर्मा  
उपाध्यक्ष : कौशिल्या ओझा 
उपाध्यक्ष : जीतबहादुर राना

उपाध्यक्ष : दुर्गादत्त शर्मा 
उपाध्यक्ष : रमेश गुरागाँईं 
उपाध्यक्ष : कृष्ण कोपिला
महासचिव : लक्ष्मीप्रसाद पण्डित
सचिव : जंगराज गिरि
सचिव : दुर्गादत्त भण्डारी 
सचिव : एकनारायण काफले
सचिव : हरिहर न्यौपाने
सचिव : कूलशेखर शर्मा 
सचिव : राधिका ओझा
सचिव : भरत गौतम
कोषाध्यक्ष : भिमा ढुङ्गाना