सर्वोच्चमा सापकोटा विरुद्ध परेको रिटको सुनुवाइ हुँदै

सर्वोच्चमा सापकोटा विरुद्ध परेको रिटको सुनुवाइ हुँदै

काठमाडौं : लाई सभामुख नबनाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइको पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिटको पेसी आजका लागि तोकिएको हो । निवेदकको माग दाबी अनुसार आदेश जारी भए सभामुख निर्वाचन प्रक्रिया रोकिनेछ ।

सापकोटाविरुद्ध त्रिपाठीले शुक्रवार रिट दायर गरेका थिए । सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो ।