अमेरिकाको कोपा अमेरिकामा विजयी शुरुवात

अमेरिकाको कोपा अमेरिकामा विजयी शुरुवात

काठमाडौं। अमेरिकाले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ।

समूह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक एक गोल गरेका थिए।

यो जितपछि समूह सी मा अमेरिकाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। अब अमेरिकाले अर्को खेल जुन २८ मा पानामासँग खेल्ने तालिका रहेको छ भने बोलिभियाले उरुग्वेसँग सोहि दिन खेल्ने छ।