संसद्‌का कर्मचारीको आन्दोलनले प्रभावित बन्यो प्रतिनिधिसभा बैठक

संसद्‌का कर्मचारीको आन्दोलनले प्रभावित बन्यो प्रतिनिधिसभा बैठक

 काठमाडौँ । आन्दोलनरत संसद् सचिवालयका कर्मचारीले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। सेवा सुविधा थपको मागसहित आन्दोलनमा उत्रिएका संघीय संसद् सचिवालयले हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन्।

कर्मचारीहरूले संसद् भवनकै परिसरमा आन्दोलन चर्काएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। आजको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको शीर्ष बैठकले संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहने गरी समिति गठन गरेको छ। 

सो समितिले कर्मचारीको माग सम्बोधनका लागि वार्ता अघि बढाउने बताइएको छ। सभामुख घिमिरेले संसद् सचिवालयका कर्मचारीका मागबारे सम्बद्ध पक्षसँग केही दिनदेखि औपचारिकरअनौपचारिक छलफल  गरिरहेका छन्।