काठमाडौंका यी स्थानमा आज र भोलि पाँच घण्टा विद्युत् अवरुद्ध

काठमाडौंका यी स्थानमा आज र भोलि पाँच घण्टा विद्युत् अवरुद्ध

काठमाडौं । विभिन्न स्थानमा शनिबार र आइतबार दुईदेखि पाँच घण्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ।  विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरमा आपूर्ति नहुने भएको हो।  

मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ केभी सब स्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएकोछ ।

प्राधिकरणले ११ केभी इन्कमर अन्तर्गत मातातीर्थ, सतुंगल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका स्थानमा शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

त्यस्तै ११ केभी मातातीर्थ फिडर अन्तर्गतका स्थानमा आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म, सतुंगल फिडरमा बिहान १२ बजेदेखि २ बजेसम्म, मच्छेगाउँ फिडरमा दिउँसो २ देखि ४ बजेसम्म र फर्पिङ फिडर अन्तर्गतका स्थानमा अपराह्न ४ बजेदेखि ६ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।