गायिका एलिना र विष्णुले अस्ट्रेलियामा किने कार

गायिका एलिना र विष्णुले अस्ट्रेलियामा किने कार

काठमाडाैं। गायिका एलिना चौहान र उनका श्रीमान विष्णु सापकोटाले अस्ट्रेलियामा नयाँ गाडी किनेका छन्। उनीहरूले टोयोटा कम्पनीको ल्याण्ड क्रुजर जीआर स्पोर्टस् खरिद गरेका हुन्।

विष्णुले सामाजिक सञ्जालमा तस्बिर राख्दै एकसाथ दुइटा गाडी किनेको जानकारी दिएका छन्। एउटा आफूहरूको लागि र अर्को विजनेस पार्टनर विशम गौतमका लागि खरिद गरिएको विष्णुले बताए।

उनले एउटा गाडीको मूल्य १ लाख ६० हजार अस्ट्रेलिययन डलर परेको समेत जानकारी दिए।

गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा रहेर व्यवसायमा सक्रिय छन्। उनले साझेदारीमा मायालु इन्टरटेन्मेन्ट नामबाट मिनी मार्केट, रेस्टुरेन्ट, फर्निचर र टुर एण्ड ट्राभल्स संचालन गर्दै आएका छन्।