बबिताको निर्देशनमा ‘घर न घाटको’

बबिताको निर्देशनमा ‘घर न घाटको’

काठमाडौं। बबिता श्रेष्ठको निर्देशन रहेको गीत ‘घर न घाटको’ भिडियो सार्वजनिक भएको छ।

प्रमोद खरेलको स्वर, सुजन कोइरालाको शब्द, सुवास कार्कीको संगीत, विशाल निरौलाको संगीत संयोजन र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

भिडियोमा दीपेन्द्रराज गिरी, जेनेलिया श्रेष्ठ र राज पौडेलको अभिनय छ। उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन छ। भिडियो सुजन कोइराल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।