काठमाडौं। ‘मिसेस टुरिजम क्वीन इन्टरनेशनल-२०२४’ मा प्रतिस्पर्धा गर्न ‘मिसेस भोग नेपाल-२०२४’ की विजेता पूजा पाख्रिन नेपालको प्रतिनिधित्व गर्दै बैंककमा छिन्। हाउस अफ फेसनले मंगलबारदेखि प्रारम्भ भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै पूजा पाख्रिनलाई सोमवार बिहान त्यसतर्फ पठाएको थियो।
हाउस अफ फेसनले अघिल्लो महिना काठमाडौंमा आयोजना गरेको मिसेस भोग नेपालमा पूजा पाख्रिन विजयी भएकी थिइन्। उक्त प्रतियोगितामा विजयी भएपछि पाख्रिनले बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालका प्रतिनिधित्व गर्ने मौका पाएकी हुन्।
मंगलारदेखि प्रारम्भ भएको यो प्रतियोगिता एक हप्तासम्म सञ्चालन हुनेछ। उक्त प्रतियोगिताको क्रममा विश्वका करिव दुई दर्जन देशहरूबाट आएका प्रतिस्पर्धिलाई विभिन्न गतिविधि तथा प्रशिक्षणमा सहभागि गराइनेछ।
प्रतियोगिता अवधिमा विभिन्न चार विधामा उपाधि विजेताको घोषणा गरिनेछ। यो प्रतियोगिताको ग्राण्ड फिनाले असार १० गते सिडिसी बलरुम, बैंककमा हुनेछ । विवाहित महिलालाई अझ सशक्त बनाउन उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।