दूधको भुक्तानी माग्दै विरोधमा उत्रिएका  ३० जनाभन्दा बढी किसानहरू प्रहरी नियन्त्रणमा

दूधको भुक्तानी माग्दै विरोधमा उत्रिएका  ३० जनाभन्दा बढी किसानहरू प्रहरी नियन्त्रणमा

काठमाडौं । दूधको बक्यौता भुक्तानी माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरको छन् ।

बुधबार उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । उनीहरूले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि बाँकी दूधको भुक्तानी माग गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटकपटक गरेको सम्झौतारसहमतिसमेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।