सत्य स्वरुपको ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक

सत्य स्वरुपको ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं।  प्रा. डा. सुवासप्रसाद आचार्य र मिस पवीको अभिनय रहेको तथा गायकद्वय सत्यराज र स्वरुपराज आचार्यको स्वरमा  ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

रवीन्द्र पौड्यालको शब्द संगीत रहेको गीतमा पौड्याल आफैले पनि अभिनय गरेका छन्।

म्युजिक भिडियोमा त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. आचार्यको जिवन्त अभिनय रहेको छ। उनले टिकटकबाट अभिनय क्षेत्रमा प्रवेस गर्नुभएकी मिस पवी अर्थात् पवित्रा साकीको जोडीको रुपमा अभिनय गरेका छन्।

गीतको संगीत सञ्योजन गोपाल रसाइलीले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका छन्।  म्युजिक भिडियोको छायांकनमा दिनेश पराजुली र दृश्य सम्पादन विकास दाहाल रहेका छन्।

प्रा. डा. आचार्यको यो सातौं म्युजिक भिडियो हो। चिकित्साका साथै अभिनयमा समेत रुचि राख्ने प्रा. डा. आचार्यले यसअघि ‘तिमी र म’ गितको म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए।