लगातार तेस्रो जित निकाल्दै अफगानिस्तान विश्वकपको ‘सुपर एट’मा

लगातार तेस्रो जित निकाल्दै अफगानिस्तान विश्वकपको ‘सुपर एट’मा

काठमाडौँ । जारी आईसीसी टी-२० विश्वकपमा पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर एट’मा प्रवेश गरेको छ। 

शुक्रबार बिहान वेस्ट इन्डिजमा भएको खेलमा पपुवा न्यु गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर ८ मा पुगेको हो। अफगानिस्तानले १५ ओभर १ ओभरमा ३ विकेट गुमाएर १ सय १  रन बनाउँदै लक्ष्य पार गरेको हो। 

जितसँगै अफगानिस्तान समूह ‘सी’बाट सुपर आठमा  पुगेको हो। यसअघि सो समूहबाट वेस्ट इन्डिज सुपर एटमा पुगिसकेको छ।टस हरेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनीले १९ ओभर ५ बलमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो। समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अंकसहित पहिलो र समान खेलबाट समान अंक बटुलेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन्।