‘सानु म’ का मोडल दीपेश लामाको निधन

‘सानु म’ का मोडल दीपेश लामाको निधन

काठमाडौँ । चर्चित पप गीत ‘सानु म’ का मोडल दीपेश लामाको निधन भएको छ। मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दा अचानक बेहोस भएर मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

३९ वर्षीय लामा लामो समयदेखि ‘हेपाटाइटिस बी’ बाट पीडित थिए। हृदयाघातबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। लामाको पार्थिव शरीरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि समेत गरिएको छ।

‘सानु म’ गीत खेलेपछि लामा चर्चामा आएका थिए। प्रेम लामाले गाएको गीतमा दीपेशसहित सुबानी मोक्तानको अभिनय छ। यस गीतमा सञ्जीव सिंहको शब्द र गीत रहेको छ।