चौरमा भेटियो रगतले लतपत्तिएको युवाको शव, शनाखत भएन

चौरमा भेटियो रगतले लतपत्तिएको युवाको शव, शनाखत भएन

पर्सा । पर्साको वीरगन्जमा एकजना युवकको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका( १६ शंकराचार्य गेट नजिकै खुला चौरमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको अनुहारमा रगत लतपतिएको छ। आइतबार साँझ खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको सूचना प्रहरीलाई पुगेको थियो। प्रहरीले शव पोस्ट मार्टमका लागि अस्पतालमा लगेको छ।

मृतक युवक झण्डै ३० वर्षका छन्। कालो रंगको सर्ट, निलो टिसर्ट, कालो जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 
ती युवकको शव नारायणी अस्पतालको शवगृहमा राखिएको छ। घटनाको अनुसन्धान थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।