काठमाडौं । दैलेखको आठबीस नगरपालिकामा रहेको एउटा झोलुङ्गे पुलको लट्ठा चुँडिदा खच्चरहरू अड्किएका छन् ।
दैलेखको आठबीस नगरपालिका– ४ खिड्किज्युला र अछामको बिनायक नगरपालिका–९ चिल्तडा जोड्ने पुलको लट्ठा चुँडिएपछि पल्टिएको थियो । पुलमा यात्रारत १४ खच्चर पुलमै अड्किएका छन् । तिनीहरुको अवस्था जोखिमपूर्ण रहेको दैलेख आठबीस नगरपालिका- ५ का स्थानीय बलबहादुर थापाले बताए ।
घटना आइतबार बिहान साढे १० बजेतिरको हो । घटनाको कारण सार्वजनिक भएको छैन ।