काठमाडौंका यी ठाउँमा आजदेखि असार ३ सम्म दैनिक ६ घण्टा विद्युत् अवरुद्ध

काठमाडौंका यी ठाउँमा आजदेखि असार ३ सम्म दैनिक ६ घण्टा विद्युत् अवरुद्ध

 काठमाडौँ काठमाडौँको रत्पार्क वितरण केन्द्रको विद्युत् लाइन आजदेखि आगामी असार ३ गतेसम्म दैनिक ६ घण्टा अवरुद्ध हुने भएको छ। 

विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले आगामी असार ३ गतेसम्म विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदढीकरण आयोजना खरिपाटी भक्तपुले जनाएको छ। 

रत्नपार्क वितरण केन्द्रअन्तर्गतको बबरमहल, कालीकास्थान, भिमसेनस्थान, गैरीधारा, पानीपोखरी र सामाखुसी वितरण केन्द्रमा जेठ २६, २८, ३०, ३२, असार २ र ३ गते विद्युत् कटौती हुनेछ।  बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

प्राधिकरणका अनुसार शनिबार बबरमहल क्षेत्रस्थित सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुनेछ।

यस्तै सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, शुक्रबार गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख छ।