टी-२० विश्वकपमा आज चार खेल हुँदै

टी-२० विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं। जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुँदै छ। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि सुरू भएकाे छ।

जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ। अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ। त्यस्तै न्यूजील्याण्डको बने यस विश्वकपमा यो पहिलो खेल हो। अफगानिस्तान र न्यूजील्याण्डबीच अहिलेसम्म केवल एक टी-२० खेल भएको छ, जुन न्यूजील्याण्डले जितेको छ।

त्यस्तै आज दोस्रो खेलमा समूह डी मा रहेको बंगलादेश र श्रीलंका खेल्दै छन्। डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ६ ब्नाजेदेखी शुरु हुँदै छ।

यस विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको छ भने बंगलादेशको यो पहिलो खेल रहेको छ। त्यसैगरी बंगलादेश र श्री लंका अहिलेसम्म टी-२० अन्त्र्रश्त्रिउ खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा श्री लंकाले ११ पटक जितेको छ भने बंगलादेशले ५ पटक जितेको छ।

त्यस्तै आज तेस्रो खेलमा समुह डी अन्तर्गतकै नेदरल्याण्डस र दक्षिण अफ्रिका पनि खेल्दै छन्। न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ : १५ बजेदेखि शुरु हुने छ।

जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ-आफ्ना पहिलो खेलमा जित हासिल गरेर २-२ अंक बटुलेका छन्। नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो।

दक्षिण अफ्रिका र नेदरल्याण्डसबीच अहिलेसम्म २ टी-२० खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन्। नेदरल्याण्डसले पछिल्लो २०२२ मा सम्पन्न टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो।

त्यसैगरी आज चौथो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुँदै छ। बार्बाडोसस्थित केन्सिंगटन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि हुने छ।

जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्द भएपछि एक अंक हासिल गरेको छ।

अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा इङल्याण्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ। त्यस्तै २ खेलको नतिजा आएको छैन।