माछा मार्ने डुङ्गामा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

माछा मार्ने डुङ्गामा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

फिलिपिन्स । फिलिपिन्समा माछा मार्ने डुङ्गामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ६ पुगेको फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले जनाएको छ।

घटनास्थलबाट ६ वटा शव निकालिएको र अन्य ६ जना दुर्घटनामा बाँचेको बताएको छ। घाइते ६ जनामध्ये एकको अवस्था गम्भीर छ।

सेबु प्रान्तको नागा शहरको तटीय रेखाबाट करिब १.५ नटिकल माइल टाढा पानीमा दुर्घटना भएको थियो।  डुङ्गामा १२ जना रहेका थिए। आगलागीको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको बताइएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?