अब सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने!

अब सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने!

हङकङ । हङकङ  सरकारले सार्वजनिक स्थानका लाइनबद्ध एवं भिडभाडयुक्त ठाउँमा धुम्रपान गर्न प्रतिबन्ध गर्ने भएको छ।

यस सम्बन्धी विवरण सार्वजनिक गर्न आज  दिउँसो स्वास्थ्य मन्त्री लो चुङ र भन्सार प्रमुख लुइस होले पत्रकार सम्मेलन गर्ने जानकारी प्राप्त भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।आज घोषणा गरिने नयाँ नियममा भिडभाडयुक्त सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिए पनि भिडभन्दा बाहिरका सार्वजनिक स्थानमा भने नयाँ नियम आकर्षित हुने छैन।

त्यस्तै, १८ वर्षमुनिका व्यक्तिलाई चुरोट, विद्युतीय चुरोट तथा सूर्तीजनय पदार्थ बेच्नु वा दिनु पनि गैरकानुनी हुने भएको छ। नयाँ नियमले समेट्ने विशेष क्षेत्रमा सार्वजनिक यातायात क्षेत्र, पार्क, मनोरञ्जन स्थलहरू (जस्तै, सेन्ट्रल हार्बरफ्रन्ट, हङहोमस्थित कोलिजम आदि) रहेका छन्। पछिल्लो सरकारी आँकडाअनुसार हाल हङकङमा झन्डै ६ लाख ९९.५ प्रतिशत मानिसले धुम्रपान गर्दछन्। यो तथ्यांकमा ५० प्रतिशत मानिस ५० वर्ष वा सोभन्दा माथिका रहेका छन्।

आँकडामा धुम्रपान गर्ने महिलाको संख्या पनि बढेको छ भने माध्यमिक विद्यालयका करिब ७ प्रतिशत विद्यार्थीले चुरोट प्रयोग गर्ने गरेको देखिएको छ।