सकियो कांग्रेसको राष्ट्रिय स्तरको प्रशिक्षण

सकियो कांग्रेसको राष्ट्रिय स्तरको प्रशिक्षण

चितवन । नेपाली कांग्रेस चितवनले तीन दिने राष्ट्रिय स्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेताहरूले तालिम दिएका थिए । 

नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक प्रशिक्षण विभागका पूर्व संयोजक विमलेन्द्र निधिले समावेशिता र समाजवादका बारेमा प्रशिक्षण दिए । पार्टी नेता गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, गत निर्वाचनको घोषणापत्र र आगामी दिनको अर्थनीतिका बारेमा प्रशिक्षण दिएका थिए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले प्रतिपक्षको आरोपको प्रतिवाद र प्रकाश रसाइलीले दलित मुद्दाहरूका बारेमा प्रशिक्षण दिए । बिध्वान प्रशिक्षक डा कृष्ण प्रसाद पौडेले निर्वाचन, निर्वाचन स्थलमा स्वस्थ निर्वाचन गर्न खेल्न पर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए । 

नेपाली कांग्रेस चितवन काठमाडौँ उपत्यका सम्पर्क समितिका सभापति ऋषिश्वर थपलियाकाका अनुसार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्य, पार्टीको वाग्मती प्रदेशका प्रशिक्षण शाखाका निर्देशक राजु नेपाल, डा सञ्जय चौधरी,  एकनारायण पौडेल, प्रकाश अधिकारी, केशव चालिसेले समसामयिक राजनीति र प्रविधिका बारेमा प्रशिक्षण दिएका थिए । 

चितवन कांग्रेसका सभापति राजेश्वर खनालका अनुसार अहिले चितवन काँग्रेसलाई आफूले बुझेर मानसिकरुपले परिपक्व बनाई अरूले फैलाएको भ्रमको पछि लाग्नेहरूलाई गाउँमा गई बुझाई लोकतन्त्रलाई बलियो बनाउन लागिपरिरहेको छ । नेपाली काँग्रेस चितवनले वार्षिक क्यालेन्डर बनाई सबै कार्यकर्ता जिम्मेवारी दिई जागरूक बनाई २०५६ सालको स्थानमा काँग्रेसलाई पुर्‍याउन लागिरहेको जानकारी गराउनु भयो । 

जिल्लाका ५३ जना अगुवा कार्यकर्ता तालिममा सहभागी भएका थिए ।  तालिममा सहभागीहरूले पार्टीको नीति र अभियानलाई गाउँ गाउँमा पुर्‍याउने तालिमका संयोजक नेपाली कांग्रेस चितवनका प्रशिक्षण शाखाका संयोजक शालिकराम पौडेलले जानकारी दिए ।