काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी भएका छन्।
यो उनको वाराणासीबाट लगातार तेस्रो जीत हो। मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गरेका छन् । उनी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत ल्याएका छन् । २०१९ को चुनावमा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरका साथ जीत निकालेका थिए।