काठमाडौं। गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।
विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको २५ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो।