विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल सहभागी

विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल सहभागी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विपक्षी गठबन्धन दलको बैठकमा सहभागी भएका छन्।

आज (बुधबार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्डमा बसेको विपक्षी दलको बैठकमा अध्यक्ष नेपाल पनि सहभागी भएका हुन्।

अध्यक्ष नेपालको साथैमा पार्टी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरी पनि सहभागी भएका छन्। विपक्षी दलको बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ।

एकीकृत समाजवादी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी छ। अध्यक्ष नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट संघीय सरकारमा दुई जना मन्त्री छन्।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारी पनि एकीकृत समाजवादीकै प्रदेश सभा सदस्य हुन्। त्यस्तै, अन्य प्रदेशमा पनि एकीकृत समाजवादीको सहभागिता रहेको छ।