आइसीसी टी-ट्वान्टी विश्वकपः पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

आइसीसी टी-ट्वान्टी विश्वकपः पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं। आइसीसी टि-ट्वान्टी विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय टोलीले आइसीसीको तालिका अनुसारको पहिलो अभ्यास खेलमा पराजय भोगेको छ।

पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । डालासको ग्रान्ड प्रेरी रंगशालमा १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भयो।

नेपालका लागि कुशल मल्लले ३७ रन बनाए । नेपाल विरुद्ध क्यानडाका डिलन हेलिगरले चार विकेट लिए। यअसघि टेक्ससको डालास स्थित ग्रान्ड प्रेरि मैदानमा टस हारेर ब्याटीङ गरेको क्यानडाले ७ विकेटको क्षतिमा १८३ रन बनाएको थियो।

नेपालले अब दोस्रो अभ्यास खेलमा भोलि आयोजक अमेरिकासंग खेल्नेछ। विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन्। जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ।

नेपालले समुह चरणको आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असारकै ३ गते बंगलादेश विरुद्ध समुह चरणको अन्तिम खेल खेल्ने तालिका छ।