बाल अस्पतालमा मध्यराति आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु

बाल अस्पतालमा मध्यराति आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु

भारत। भारतस्थित पूर्वी दिल्लीको विवेक बिहार क्षेत्रको बाल अस्पतालमा मध्यराति आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु भएको छ।

दिल्ली फायर सर्भिसका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति ११.३२ बजे कलमार्फत प्राप्त भएको थियो। दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार १२ बालबालिकालाई अस्पतालबाट उद्धार गरिएको थियो तर तीमध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

अस्पतालमा अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ। आगलागीको कारण भने खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताएका छन्। आगलागी अस्पताल नजिकैको भवनमा पनि भएको बीबीसी हिन्दीले जनाएको छ।