टीओआरमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

टीओआरमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक आज बस्दै छ ।

आज दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । मंगलबार सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटाउन बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

रवि लामिछानेको नाम उल्लेख गरेरै टीओआर बनाउन सत्ता पक्षका सदस्यसमेत रहेका रास्वपा लचक भएको थियो ।व्यक्तिको नाम किटान गरेर जाँदा गलत नजिर स्थापित हुने भन्दै त्यसमा सत्ता पक्ष तयार नरहेकाले छलफल नटुंगिएको कानूनमन्त्री पदम गिरीले बताएका थिए ।

कानूनमन्त्री  गिरीले कांग्रेस लचक बनेको भन्दै आज बैठकमा सहमति जुट्ने बताइएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले बीचको बाटोहरूको खोजी भइरहेको बताएका थिए ।