रिलिज अगावै दर्शकको पहुँचमा ‘पुजार सार्की’?

रिलिज अगावै दर्शकको पहुँचमा ‘पुजार सार्की’?

काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ भोलिबाट प्रदर्शन हुँदैछ। सम्भवतः नेपाली चलचित्रको इतिहासमानै पहिलो पटक रिलिज अगावै दर्शकलाई चलचित्र देखाइएको छ।

काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो चलचित्र देखाइएको निर्देशक राउतले बताए। मङ्गलवार साँझ काठमाडौंस्थित सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शोमा सय बढी दर्शकको उपस्थिति थियो। त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले दर्शकसँगै फिल्म हेरे।

यसरी रिलिज अगावै चलचित्र देखाइनुको उद्देश्य चलचित्रप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो चलचित्रबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, चलचित्र हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए।

फिल्म हेरेका दर्शकले यस फिल्मलाई अत्यधिक रुचाएका छन्। यी दर्शकबाट यस चलचित्रको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्काको बेजोड भूमिका, आर्यन सिग्देल तथा पल शाहको फरक भूमिका तथा निर्देशकिय क्षमताको खुलेर तारिफ गरे।

यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पहिलोपटक एकसाथ देखिएका छन्। सुवास भुसाल निर्माता रहेको फिल्मको कथा विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।