काठमाडौं । गत जेठ १ गते संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोधका कार्यक्रम रोकेको थियो ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति आउँदा विरोध र अवरोध रोकेको कांग्रेसले त्यसपछि आन्दोलन जारी राख्यो ।
त्यसबेला कांग्रेसको अवरोधका कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरेबापद सरकारले धन्यवाद दिन पनि पाएन ।उक्त धन्यवाद राष्ट्रपतिले ७ दिनपछि मात्रै पाए । मंगलबारको बैठकले कांग्रेसको अवरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मंगलबार कांग्रेसको अवरोध र नाराबाजीबीच संसद्बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ।
त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिए। दाहाललाई मर्यादापालकले सुरक्षा दिएर रोस्ट्रमसम्म लगे ।
त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव टेबल गर्न रोस्ट्रममा उक्लिए। उनीसँगै उद्योगमन्त्री दामोदर भण्डारीले पनि नाराबाजी रोस्ट्रममा उक्लिएर प्रस्ताव पेश गरे ।
मंगलबार पनि एकातिर कांग्रेसको चर्को नाराबाजी र वेल घेराउ चलेको थियो । अर्कातिर हुन्छ र हुन्न भन्दै सभामुख घिमिरेले केही प्रस्ताव टेबलसँगै पारित पनि गराएका छन् ।