काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका हुन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संंसद अवरुद्ध गर्दै आइरहेको छ ।प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्यको प्रयासमा कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् ।
उनले आज बिहानै नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले सोमबार चौथो पटक विश्वासको मत लिँदैछन् । संसदको गतिरोध अन्त्य र विश्वासको मत लिने विषयमा छलफल केन्द्रीत रहेको जनाइएको छ ।