कांग्रेस बैठकले निकाल्यो यस्तो निष्कर्ष

कांग्रेस बैठकले निकाल्यो यस्तो निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

बिहीबार सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । सभामुखले बलजफती जारी राखे आफूहरूले उनलाई नमान्ने परिस्थिति बन्न सक्ने कांग्रेसले चेतावनी दिएको छ । 

‘सभामुख संसदीय मर्यादामा नबसेको हाम्रो निष्कर्ष छ । सभामुखले बलजफती जारी राखे हामीले नमान्ने अवस्था पनि आउन सक्छ’, बैठकपछि लेखकले भने । 

लेखकले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन पार्टीको न्यूनतम माग भएको जानकारी दिए । समिति गठन नभएसम्म पार्टी आफ्नो अडानबाट दायाँबायाँ नहुने उनको भनाइ छ ।