उपेन्द्रले राजीनामा नदिएको भए प्रचण्डले गलहत्याउनेवाला थिएः माधव नेपाल

उपेन्द्रले राजीनामा नदिएको भए प्रचण्डले गलहत्याउनेवाला थिएः   माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा दिनदिनै घटनाक्रम परिवर्तन भइरहेको बताएका छन् । बालकुमारीमा मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले घटनाक्रममा फेरबदल भइरहेको बताए ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अहिलेको सरकार र समीकरण कहिले कता जान्छ भन्ने टुंगो नभएको बताए। उनले भने - निर्वाचनपछिको गठबन्धन यो संसद कार्यकाल भरी जाला भनेको, समाजवादी मोर्चाको घटक जसपा नेपाल विभाजित भयो, विभाजित गरियो। 

विभाजित गरिएको मात्रै होइन, सरकारबाट पनि उनलाई निकालियो, तपाईँलाई लाग्ला आफैँ राजीनामा दिएर जानुभएको होला तर होइन निकालियो। मुन्ट्याउने काम मात्रै भएन गलहत्त्याएर निकाल्ने, उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो, हिजो काम छँदा भाँडो नछँदा ठाडो भनेजस्तै, उनको अवस्था त्यस्तै देखिरहेका छौँ। केपी ओलीको प्रतिगमनको प्रतिगमनका विरुद्ध सँगै अघि बढेको पार्टी, निर्वाचनपछि गठबन्धनमा महत्त्वपूर्ण घटक भएको पार्टी।

उनले अशोक राईलाई निर्वाचन आयोगले दिएको मान्यता सही थियो थिएन भन्ने आशंका रहेको उल्लेख गर्दै अदालतले नै टुंग्याउने बताए।