कांग्रेसले आत्महत्या नै गर्छु भने पनि रविविरुद्ध छानबिन समिति बन्दैन : एमाले

कांग्रेसले आत्महत्या नै गर्छु भने पनि रविविरुद्ध छानबिन समिति बन्दैन : एमाले

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले गरेको अडान कुनै पनि हालतमा पुरा नहुने बताएका छन् ।

आइतबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले कांग्रेसले आत्महत्या नै गर्छु भने पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन समिति नबन्ने बताए ।

‘कांग्रेसले आत्महत्या गर्छु भन्ने जसरी नै प्रस्तुत भए पनि यो माग पूरा हुने म देख्दिनँ। यो माग कानुनसम्मत पनि छैन, नियमसम्मत पनि छैन, । नेपाली कांग्रेसले समिति माग गरेको होइन, समितिको नाममा सरकार माग गरेको हो। त्यो कुरा सम्भव छैन। नेपाली कांग्रेसले जसरी अघि बढाएको छ, त्यो असम्भव हो ।’