खुट्टा ढोगेको विवादपछि एलिनाले भनिन्– रानीले पनि राजाको खुट्टा ढोग्छन्

खुट्टा ढोगेको विवादपछि एलिनाले भनिन्– रानीले पनि राजाको खुट्टा ढोग्छन्

काठमाडौं । विवाहपछि पनि गायिका एलिना चौहानलाई विवादले छाडेन । हालै पनि लामै समय खुट्टा ढोगेको भिडियोले सामाजिक संजालमा चर्चा पाएको थियो ।

सो भिडियोमा एलिनाले दुई मिनेटभन्दा लामो समय लगातार खुट्टा ढोगिरहेको देखिन्छ । उनका श्रीमानले लगातार पैसा दिइरहेका देखिन्छन् र एलिनाले एकोहोरो खुट्टा ढोगिरहेको देखिन्छ ।

यो भिडियोमा टिप्पणी गर्दै महिला अभियन्ताले विरोध गरेका थिए । सामाजिक संजाल पनि तातेको देखियो । यतिबेला भने एलिनाले यो विवादमा मुख खोलेकी छिन् ।

मिडिया कुराकानीमा उनले भनेकी छन्– म लोकप्रिय गायिका सँगै कसैको श्रीमती पनि हुँ नि । म गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन मिल्दैन । भगवान त भगवानै हो नि, तर भगवानको पालादेखि खुट्टा ढोग्ने चलन रहेको छ नि । राजाको पनि त खुट्टा रानीले ढोगेको हामीले देखेका छौं नि ।’


चलिआएको चलनलाई खुशिसाथ आत्मसात गर्दा कसैलाई समस्या नहुनुपर्ने उनको धारणा छ । उनले आफ्नो खुशिको लागि खुट्टा ढोगेको बताएकी छन् ।