एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ:अध्यक्ष ओली

एमाले फुटाउनेहरूको हालत खराब हुँदै गएको छ:अध्यक्ष ओली

काठमाडौं । प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनेहरूको हालत खराब हुँदै गएको बताएका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै उनले बुधबार एक कार्यक्रममा कडा टिप्पणी गरेका हुन् ।

एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थीहरूको हातमा सरकार बुझाउनेहरूको हालत अहिले खराब भएको भन्दै नेपाललाई कटाक्ष गरेका हुन् ।

एमाले कपिलवस्तु जिल्ला अधिवेशन बुधबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब पार्टीभित्र कुनै गुट-उपगुट स्वीकार्न नसकिने पनि बताए ।


गुट बनाउनेहरुविरुद्ध नेतृत्व अब कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए त्यही सम्मेलनमार्फत दिएका छन् । ओलीले एमाले विभाजनका बेला पनि कपिलवस्तुले सबै षड्यन्त्रलाई चिरेर जवाफ दिएको बताए । अहिले पनि कपिलवस्तु पार्टी बलियो बनाउने काममा दृढ रहेको भन्दै सम्मान देखाए ।

उनले आफूहरूको काँधमा लोकतन्त्र प्रवर्द्धन गर्ने, सुशासन ल्याउने तथा विकास र समृद्धिको जिम्मेवारी आएको बताए । त्यसका लागि अब एमालेको एकल सरकार बनाउन आवश्यक रहेको ओलीले जिकिर गरे ।