जनता समाजवादी पार्टी फुट्यो, नयाँ दल दर्ताको निवेदन लिएर आयोग पुगे अशोक राई

जनता समाजवादी पार्टी फुट्यो, नयाँ दल दर्ताको निवेदन लिएर आयोग पुगे अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजनको संघारमा पुगेको छ । वरिष्ठ नेता अशोक राईले आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् ।

नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको राईनिकट स्रोतले बतायो । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको जिकिर छ । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।

अहिले दर्ता प्रक्रिया चलिरहेको सांसद सुशीला श्रेष्ठले बताइन् । अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादवलगायत पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको उनको दाबी छ ।