पहिलो साता कति कमायो चलचित्र ‘बोक्सीको घर’ले ?

पहिलो साता कति कमायो चलचित्र ‘बोक्सीको घर’ले ?

काठमाडौँ । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले घरेलु बजारमा अकल्पनीय व्यापार गरिरहेको छ । सानदार ओपनिङ गरेको फिल्मले हरेक दिन हलमा दर्शकको मेला लगाएको छ । 

वितरकका अनुसार ‘बोक्सीको घर’ले पहिलो साता अर्थात् शुक्रबारसम्म ६ करोडमाथिको व्यापार गरेको छ ।  पहिलो सप्ताहमै फिल्म ‘सुपरहिट’ भएपछि अब यसको सिक्वेल निर्माण गरिने भएको छ । फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखनको काम सकिएको जानकारी गराएका छन् । तर, त्योभन्दा अगाडि उनी अर्को एउटा फिल्म बनाउने तयारीमा छन् । सम्भवतः अर्को वर्ष सिक्वेल बन्नेछ । फिल्म सकिएको ठाउँबाट बाँकी कथा सुरु हुने सुलक्षणको भनाई छ ।

केकीलाई भने ‘बोक्सीको घर’ले पाएको सफलता सपनाजस्तै लागिरहेको छ । यो फिल्मबाट कथा बलियो हुनुपर्छ भन्ने पाठ सिकेको पनि उनको भनाई छ ।