टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले टिमको घोषणा गरेका हुन् । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् ।

टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ । 

नेपाली टिमः रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जीसी, अविनाश बोहरा, सन्दीप जोरा, सागर ढकाल, कमलसिंह ऐरी