वेष्ट इण्डिजले जितका लागि नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

वेष्ट इण्डिजले जितका लागि नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

काठमाडौं ।  वेष्ट इण्डिज ‘ए’ विरुद्दको ५ टी–२० शृंखलाअन्तर्गत नेपालले २२८ रनको विशाल लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा क्यारेबियन टोलीले तीन विकेट गुमाएर २२७ रन बनाएको हो। 

नेपालका लागि  करण केसी र सागर ढकालले विकेट लिएका हुन्। आज कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हालेका छन्। 

नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो। 

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।