ललितपुरकोे गोदावरीमा डढेलोः  दुईजना घाइते, एकको अवस्था गम्भीर

ललितपुरकोे गोदावरीमा डढेलोः  दुईजना घाइते, एकको अवस्था गम्भीर

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् ।

उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले  बताए । एसपी सुवेदीका अनुसार शङ्कर प्रहरीको अवस्था गम्भीर छ।

यता ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ। ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाई छ।