सुहाङ नेम्वाङले फेरि बढाए मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम

सुहाङ नेम्वाङले फेरि बढाए मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम

विराटनगर । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडाुसहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्काभन्दा ४,९८६ मतको अग्रता लिएका छन् । सुहाङले १३,९०० मत ल्याउँदा उनलाई पच्छ्याएका कांग्रेसका डम्बरले ८,९१४ मत पाएका छन् । पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले ८,२८५ मत पाएका छन् । कांग्रेसका खड्का र थेगिमबीच ६२९ मतान्तर रहेको छ ।

रास्वपाका मिलन लिम्बू १,९४५ मत ल्याएर चौथो स्थानमै छन् ।