बझाङको मतगणना अन्तिम चरणमा, कांग्रेस उम्मेद्वारलाई १२५ मतको अग्रता

बझाङको मतगणना अन्तिम चरणमा, कांग्रेस उम्मेद्वारलाई १२५ मतको अग्रता

बझाङ । बझाङ–१ प्रदेश सभामा नेपाली कांग्रेसले पुनः मतान्तर बढाएको छ । २५ हजार १४२ मत गन्दा नेपाली कांग्रेसले १ सय २५ मतको अग्रता बनाएको हो ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ४६८ मत ल्याउँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ३४३ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ५८७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३७३ मत ल्याएका छन् ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा, सुर्मा र मस्टाको गणना सकिएको छ भने अब साइपाल र तलकोटको गणना हुन बाकी छ । अहिले तलकोटको वडा नम्बर १ को गणना हुँदै छ ।