बझाङ उपनिर्वाचन : ८ हजार मत गन्न बाँकी रहँदा कांग्रेस २४१ मतले अगाडि

बझाङ उपनिर्वाचन : ८ हजार मत गन्न बाँकी रहँदा कांग्रेस २४१ मतले अगाडि

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । 

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार ४०६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन् । सिंह २४१ मतान्तरले भण्डारीभन्दा अगाडि छन् । 

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ११३ मत प्राप्त गरेका छन् । बझाङमा अब करिब ८ हजार मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा ३० हजार ३२८ मत गरेको थियो ।