इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

काठमाडौं । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले ३२४९ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्काले २४६९ मत पाएका छन् ।

त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७०३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।