इलाम उपनिर्वाचनः उमेदवार नेम्वाङ, खड्का, लिम्बू र थेगिमले गरे मतदान

इलाम उपनिर्वाचनः उमेदवार नेम्वाङ, खड्का, लिम्बू र थेगिमले गरे मतदान

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन कार्यक्रमअन्तर्गत मतदान भइरहेको छ । निर्धारित समय बिहान ७ बजेबाट मतदान सुरु भएको हो । 

निर्वाचनमा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उमेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बू, पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरिसकेका छन् । 

१९ जना उमेदवारले नै आफ्नो आफ्नो क्षेत्रबाट मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उमेदवार चुनावी मैदानमा छन् । 

७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।