एकैपटक २८ सहसचिवको सरुवा, को कहाँ पुगे ?

एकैपटक २८ सहसचिवको सरुवा,  को कहाँ पुगे ?

काठमाडौं । एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सहसचिव देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

त्यहाँका सहसचिव लिला प्रसाद शर्मा रक्षा मन्त्रालयमा आएका छन् । यो सरुवामा भरतपुर र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् ।

ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको सरुवा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरिएको छ ।