'पुजार सार्की' को कौडा गीतमा आर्यन, प्रदीप र पलले मर्काए कम्मर (भिडियो)

'पुजार सार्की' को कौडा गीतमा आर्यन, प्रदीप र पलले मर्काए कम्मर (भिडियो)

फिल्म 'पुजार सार्की'को गीत 'दर्शन गरेँ' सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहसहित अभिनेत्री अन्जना बराईली र परीक्षा लिम्बु संगै देखिएका छन्। 

यो कौडा गीतको भिडिओमा कलाकारहरू मगर पहिरनमा सजिएर सामुहिक नृत्य गरेका छन्। शिशिर खातीले भिडिओको कोरियोग्राफी गरेका हुन्। यसमा गायक प्रकाश सपूत र गायिका शान्तिश्री परियारको स्वर छ। सुवास भुसालको संगीत रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन्। 

फिल्म ुपुजार सार्कीु दिनेश राउतको निर्देशनमा तयार भएको हो। विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार सुवास भुसालले निर्माण गरेका हुन्। फिल्ममा राजेश श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन छ। बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि फिल्म प्रदर्शनमा आउने तयारीमा छ।