गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापहरुप्रति असहमति रहेको उल्लेख गरेको छ ।

सर्वोच्चले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालनबाहेकका काम र दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पनि अदालतबाट कुनै निर्णय नआएसम्म संसदीय गतिविधिमा सहभागी नहुने जनाएको छ