नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

 
काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराको अर्धशतक बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।