नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने

नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने

काठमाडौं । एसीसी प्रिमियर कप टी–२० अन्तरर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा युएईका कम्तान मोहम्मद वासिमले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्।

नेपाल ‘एुको’ समूहको विजेता र युएई समूह एु को उपविजेता हुन्। नेपालसमुह ‘एु’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दा युएई ४ खेलमा   तीन जित र एक हारसँगै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो। यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो। टी–२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएका छन्। 

नेपालको टोली  रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा । यूएईको टोलीः मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।