इण्डियन आइडलबाट बाहिरिएपछि के भन्छिन् मेनुका ?

इण्डियन आइडलबाट बाहिरिएपछि के भन्छिन् मेनुका ?

काठमाडौँ । गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन्।

आईतवारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृह जिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन्। 

भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उनको भनाइ थियो। उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताईन् । उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन् । बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको उनले बताइन्।

गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेको थियो। उनले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गरेकी थिइन्।