‘एक्टर’बाट राजवल्लभको कमब्याक

‘एक्टर’बाट राजवल्लभको कमब्याक

काठमाडौँ । अभिनेता राजवल्लभ कोइरालाले चलचित्र एक्टरबाट कमव्याक गर्ने भएका छन् । चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका लागि अमेरिका पुगेका उनी उतै बसेपछि नेपाली चलचित्रबाट टाढिएका थिए । 

प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन् । निर्माण पक्षले यो चलचित्रमा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेको छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्र मा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी छन् । चलचित्रमा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।

यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रमा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् । चलचित्र ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको राजबल्भ कोइरालाले बताएका छन् ।